शनिबार , जेठ २५, २०८२

नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।

यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन। केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।

अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’ न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP