मंगलबार , अषोज २७, २०८३

नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।

यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन। केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।

अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’ न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP