मंगलबार , असार २३, २०८३

कोरोना महामारीका कारण गत वर्षको मार्चबाट बन्द गरिएको अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएको छ । अष्ट्रेलियाले आफ्ना सबै जनसंख्यालाई महामारीविरुद्धको खोप दिएर जुलाई महिना अगावै सिमाना खोल्ने संकेत गरेको थियो ।

तर, कोरोना भाइरसविरुद्धको खोप दिए पनि बाहिरबाट आउने यात्रुहरुका कारण आफ्ना नागरिकहरु अझै संक्रमणको जोखिममा रहन सक्ने भन्दै अष्ट्रेलियाले केही समय ‘पर्ख र हेर’ को नीति लिएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य विभागका सचिव ब्रेन्डन मर्फीकाअनुसार आफ्ना सम्पूर्ण नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिए पनि भाइरसको संक्रमण पूर्णरुपमा रोकिनेमा आफूहरु विश्वस्त नभएको भन्दै सिमाना केही समय अझै बन्द राख्नुपर्ने बताए ।

‘हामीले हाम्रा सम्पूर्ण नागरिकहरुलाई खोप दिए पनि संक्रमण पूर्णरुपमा रोकिन्छ या रोकिदैन भन्नेमा हामी अझै अन्यौलमा छौं,’ उनले भने । मर्फीले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष मार्चमा अन्तर्राष्टिय सिमाना बन्द गर्ने प्रारम्भिक कार्यको नेतृत्व गरेका थिए ।

यद्यपि, अष्ट्रेलियाका नागरिक, स्थायी बसोबासको अनुमति प्राप्त पाएकाहरु भने आफ्नै खर्चमा १४ दिने होटल क्वारेन्टिनमा बस्ने सर्तमा अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् ।

स्मरण रहोस, अष्ट्रेलियाले फाइजर-बायोएनटेकले बनाएको कोभिड-१९ विरुद्धको खोपलाई स्वीकृति दिइसकेको छैन । अधिकारीहरुका अनुसार यही जनवरी महिनाको अन्त्यतिर फाइजर खोपले अष्ट्रेलियामा स्वीकृति पाउने छ र खोप दिने काम सुरु हुने छ ।

अष्ट्रेलियाको थेराउपेटिक गुड्स एडमिनिस्ट्रेसनले फाइजर खोपको स्वीकृति दिनासाथ फेब्रुअरी बाट आफ्ना नागरिहरुलाई खोप दिने गरी काम सुरु गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले हप्तामा ८० हजार उच्च जोखिम भएका नागरिकहरुलाई खोप दिने गरी काम सुचारु भएको बताएका थिए ।

अष्ट्रेलियाको सिमाना यो वर्ष पनि नखुल्ने भएपछि भिसा पाएर पनि अष्ट्रेलिया प्रवेश गर्न नपाएका, छुट्टीमा आफ्नो घर गएर फर्कन नपाएका लाखौं अन्तर्राष्टिय विद्यार्थीहरुको भविष्य अन्यौल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP