सोमबार , बैसाख ८, २०८२

भारतीय जनता पार्टी (भाजपा) नेता कपिल मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरवाही भएको भिडियो सार्वजनिक गरेका छन् । यो एक एनिमेटेड भिडियो हो ।

कपिल मिश्राले यो भिडियो एक वर्षअघि खालिस्तानीहरूले शेयर गरेको दाबी गरेका छन् । यसमा मोदीसँग पञ्जाबमा भएको सुरक्षा कमजोरी जस्ता घटना मात्र देखाइएको छ ।
कपिल मिश्राले यो भिडियो ट्विटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘एक वर्षअघि यो एनिमेटेड भिडियोलाई खालिस्तानीहरूले युट्युबमा राखेका थिए । यसमा फ्लाइओभरमा नक्कली किसानहरूले घेरेर रोकेर मोदीजीलाई मार्ने प्रयास गरिएको छ । यस भिडियोमा जस्तै पञ्जाबमा पनि त्यस्तै गर्ने प्रयास गरिएको छ । यो गम्भीर विषय हो ।’

प्रधानमन्त्री मोदी बुधवार पञ्जाब भ्रमणमा गएका थिए । त्यहाँ केही आन्दोलनकारीले सडकबाट हुसैनीवाला जाने क्रममा बाटो अवरुद्ध गरेका थिए । प्रधानमन्त्री मोदीको कोन्भोइ १५–२० मिनेट त्यहाँ बसेको थियो । यसलाई प्रधानमन्त्री मोदीको सुरक्षामा ठूलो कमजोरी मानिएको छ । यस सम्बन्धमा गृह मन्त्रालयले पञ्जाब सरकारसँग रिपोर्ट मागेको छ ।

यसलाई कांग्रेसको षड्यन्त्र भन्दै भाजपाले मुख्यमन्त्री चरणजीत सिंह चन्नीमाथि प्रश्न उठाएको छ ।

मुख्यमन्त्री चन्नीले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।

भिडियोमा के छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP