शनिबार , भाद्र १३, २०८३

आज ८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड : सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए । पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए ।

फ्रान्समा नयाँ राष्ट्रपति आजकै दिन :सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ ।

मन्डेलाको पार्टी स्थापना :सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो । पार्टीका तत्कालिन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए । एएनसी अहिले पनि सत्तामा छ । दक्षिण अफ्रिकाको सत्तारुढ राजनीतिक पार्टी हो ।

स्टेफिन हकिङको जन्मजयन्ती :आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो । बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । २१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए । डाक्टरहरूले उनलाई २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए ।

तर, उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर, स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो। उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP