शनिबार , बैसाख ६, २०८२

सबिन बराल / डर्विन,

नेपालीको तिन सामाजिक संस्थाहरु मिलेर अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विन शहरमा नेपाली सहित विभिन्न देशका क्लवहरु विच प्रथम बहुसांस्कृतिक भलिवल-२०२२ आयोजना गर्ने भएका छन् । आगामी जनवरी १५-१६ मा हुने प्रतियोगिता नेपाली भलिबल क्लब डार्विन , नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी, एनआरएनए नर्दन टेरोटेरीले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

NRNA -NT अध्यक्ष बिष्णु चापागाईंका आनुसार  डार्विन भलिबल एसोशियसनले प्राविधिक सहयोग गर्नेभएको छ । स्थानिय मारारा इनडोर स्टेडिममा दुइ दिन सम्म चल्ने खेलमा नेपाली सहित इन्डियन, फिलिपिनो, मलेशियन, स्थानिय अष्ट्रेलियन क्लवहरुका पुरुषको १० टिम र महिलाको ६ टिम सहभागी हुने भएका छन् ।

त्यस्तै  नेपाली भलिबल क्लवका भवानी पौडेलले खेल मार्फत बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाइ अन्य समुदाय संग भाइचारा सम्वन्धको विकास र विस्तार गर्ने मुख्य उद्देश्य रहेको वताउनुभयो । उहाले यस्ता कार्यक्रमहरुले नेपाल र नेपालीका वारेमा डार्विनबासी समुदायलाई परिचित गराएर नेपालको पर्यटक क्षेत्रको पनि प्रर्बधन हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले यस अगाडि भएको नेपाली क्लवहरुको भलिवल प्रतियोगितामा नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेकाले यस प्रतियोगितामा नेपाली टिमलाई उत्साह भर्न नेपाली समुदायको भव्य उपस्थित रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP