सोमबार , बैसाख ८, २०८२

भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ ।

बिहीबार राती भएको खेलमा दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पारेको हो ।जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा ल्याएको छ ।

दक्षिण अफ्रीकाका कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा भान डेर डुसेनले ४० रन, एडिन मार्क्रमले ३१ रन जोडे।

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिएका थिए ।

यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट वर्षाले प्रभावित भएको छ । सिड्नी रंगशालामा पानी परेपछि आज बिहानबाट सुरु हुनुपर्ने तेस्रो दिनको खेल वर्षाले प्रभावित भएको हो ।

अष्ट्रेलियाले पहिलो पालीमा ८ विकेट गुमाएर ४६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो पाली थाल्दा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । पाँच खेलको एसेस श्रृङ्खला भने अष्ट्रेलियाले यसअघि नै जितिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP