शनिबार , भाद्र १३, २०८३

भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ ।

बिहीबार राती भएको खेलमा दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पारेको हो ।जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा ल्याएको छ ।

दक्षिण अफ्रीकाका कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा भान डेर डुसेनले ४० रन, एडिन मार्क्रमले ३१ रन जोडे।

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिएका थिए ।

यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट वर्षाले प्रभावित भएको छ । सिड्नी रंगशालामा पानी परेपछि आज बिहानबाट सुरु हुनुपर्ने तेस्रो दिनको खेल वर्षाले प्रभावित भएको हो ।

अष्ट्रेलियाले पहिलो पालीमा ८ विकेट गुमाएर ४६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो पाली थाल्दा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । पाँच खेलको एसेस श्रृङ्खला भने अष्ट्रेलियाले यसअघि नै जितिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP