सोमबार , अषोज २६, २०८३

चीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो । परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ ।

चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ ।

Agani Group

दसकौँ लामो अनुसन्धानपछि पनि कृत्रिम सूर्य निर्माण गर्न कठिन भएको थियो ।

चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता तथा यस प्रयोगका प्रमुखहरूमध्ये एक गोंग सिनाझुले पछिल्लो कार्यले फ्युजन रियाक्टर चलाउन ठोस वैज्ञानिक र प्रयोगात्मक आधार प्राप्त भएको जनाएका छन् ।

“यदि चीनले निरन्तर आफ्नो कृत्रिम सूर्यमाथि काम गर्न सकेमा हामीले भविष्यमा अझै धेरै सफलता हासिल गर्न सक्छौँ । १७ मिनेट यसलाई चलाउन सक्नु भनेको लामो समय होइन । तर, लामो समयसम्म ७ करोड डिग्री सेल्सियस तापक्रममा चलाउन सक्नु निकै प्रभावकारी हुनेछ । हामीले यसअघि पनि १० करोड डिग्रीका अन्य कृत्रिम सूर्यहरूपनि देखिसकेका छौँ,” उनले भने ।

वास्तविक सूर्यको भौतिकशास्त्रको नक्कलमा कृत्रिम सूर्य बनाइन्छ ।

कृत्रिम सूर्यले परमाणविक न्युक्लेइलाई एकीकृत गरेर बृहत परिमाणमा ऊर्जा निकाल्ने गर्छ । कृत्रिम सूर्य चलाउन कुनै जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज नफाल्ने भएकाले पनि यसले वातावरणलाई निकै कम खतरा पुर्‍याउने भौतिकशास्त्रीहरूको भनाइ छ ।

विश्वमा कृत्रिम सूर्य बनाउने चीन एक मात्र मुलुक भने होइन । चीनको यसै रियाक्टर टोलीले फ्रान्सको मार्सिल्लेमा पनि काम सुरु गर्ने भएको छ ।

त्यसैगरी बेलायतले पनि आफ्नै परमाणविक फ्युजन पावर स्टेसन बनाउने योजना बनाएको छ ।
सिन्ह्वाबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP