सोमबार , अषोज २६, २०८३

गायक दुर्गेश थापाले राम्रो भूमिका पाएमा चलचित्रमा नायकका रूपमा प्रस्तुत हुने बताएका थिए । यसै क्रममा उनी नयाँ चलचित्र ‘ए मेरो हजुर–४’ मा गायक र नायक दुवै रूपमा अनुबन्धित भएका छन् । यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । गत फागुनमा २५ प्रतिशत छायांकन गरिएको यो फिल्मको बाँकी छायांकन चाँडै सुरु गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दै छिन् । निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार ‘ए मेरो हजुर–४’ का लागि गायक र अभिनेताको रूपमा दुर्गेश आइतबार अनुबन्धित भएका हुन् ।

यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन । झरनाका अनुसार दुर्गेश यो फिल्ममा एउटा प्रभावशाली भूमिकामा प्रस्तुत हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP