मंगलबार , अषोज २७, २०८३

बंगलादेशले न्युजिल्यान्डसँगको टेस्ट क्रिकेटमा इतिहासमै पहिलो जित हात पारेको छ । न्युजिल्यान्डको माउन्ट माउनगानुईमा भएको पहिलो टेस्टमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै बंगलादेश न्युजिल्यान्डसँग २१ वर्षमा पहिलो टेस्ट जित्न सफल भएको हो। यसअघि बंगलादेशले न्युजिल्यान्डमा ९ टेस्ट, १६ एकदिवसीयय र ७ टी–ट्वेन्टी खेलेको थियो।पाँचौ दिन न्युजिल्यान्डले दोस्रो इनिङमा १६९ रन बनाउँदै अलआउट भएपछि बंगलादेशलाई जितका लागि मात्र ४० रन चाहिएको थियो। जुन लक्ष्य उसले २ विकेट गुमाएर पुरा गर्‍यो। दोस्रो इनिङमा न्युजिल्यान्डका विल योङले ६९ र रोस टेलरले ४० रन बनाए । ५ खेलाडी शुन्य रनमा आउट भए । बंगलादेशका इबादत हुसेनले ६ तस्कीन अहमदले ३ र मेहदी हसनले १ विकेट लिएपछि न्युजिल्यान्ड दोस्रो इनिङमा सामान्य योगफलमा अलआउट भयो ।

यस्तै, न्युजिल्यान्डले डेभोन कन्वेको शतकमा ३२८ रन बनाएको थियो । जवाफमा बंगलादेशले पहिलो इनिङमा ४५८ रन बनाएको थियो। पहिलो इनिङमा १३० रनको अग्रता बनाएको बंगलादेशले दोस्रो इनिङमा कसिलो बलिङ गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP