मंगलबार , बैसाख २९, २०८३

अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले मंगल ग्रहको प्रोजेक्ट सम्बन्धी आफूले नयाँ समय सिमा तय गरेको बताएका छन् ।

टाइम म्यागजिनसँग कुरा गर्दै उनले भनेका हुन्, “अबको पाँच वर्षमा पनि हामीले मंगल ग्रहमा अवतरण गरेनौँ भने त्यो आश्चर्यजनक हुनेछ ।”

स्पेस एक्सका ५० वर्षीया संस्थापक मस्कले मंगल ग्रह सम्बन्धी आफ्ना ठूला योजनाहरु रहेको बताएका हुन् । यसमा उनले आफैँ जिवित रहने शहरदेखि मानिसहरु स्थायी रुपमा बसोबास गर्न सक्ने सोलारको पवारबाट सञ्चालन हुने हाइड्रोपोनिक फार्म सम्मका सम्भावनाहरुबारे बताएका हुन् । पृथ्वी भन्दा ५ करोड ४७ लाख किलोमिटरको दुरीमा रहेको त्यस नयाँ वासस्थानमा हामीले पृथ्वीका जीवजन्तु समेत लैजान सक्ने उनले बताएका हुन् । गत फेब्रुअरी अन्तरिक्ष नीति विश्लेषक तथा एरिजोना स्टेट युनिभर्सिटीका प्रोफेसर ग्रेग अट्रीले बिजनेस इन्साइडरसँग कुरा गर्दै मस्कले नासाको मद्दत लिएर या नलिइ २०२९ भन्दा अगाडि मंगल ग्रह पुग्न नसक्ने दाबी गरेका थिए ।

त्यस्तै अन्य अन्तरिक्ष विद्हरुले पनि मस्कले दिर्गकालीन मावन वस्ती स्थापित गर्न नसक्ने बताइरहेका छन् । मस्क आफैँले पनि यसअघि केही अन्तरिक्षयात्रीहरु मंगल ग्रहको यात्राकै क्रममा मृत्यु हुन सक्ने बताएका थिए । तर मस्कले यसअघि पनि असम्भव समय सिमा तोकेर आफैँ गलत साबित भएका छन् ।

हाल १०० अर्ब डलर बराबर मूल्य भएको स्पेस एक्स अहिलेको अन्तरिक्ष दौडमा अग्र स्थानमै छ । गत अप्रिल कम्पनीले नासासँग चन्द्रमा अवतरण मिसनका लागि सम्झौता गरेको थियो । र यहाँसम्म आइपुग्न मस्कलाई सजिलो थिएन ।

अनेकौँ विफल रकेट लन्चपछि कम्पनीले २००८ मा मस्कलाई झन्डै कंगाल बनाइसकेको थियो । गत महिनापनि मस्कले आफ्ना कर्मचारीहरुलाई पत्र लेख्दै स्पेस एक्स फेरिपनि टाट पल्टिने जोखिममा हुन सक्ने बताएका थिए । तर पछि टाइमसँगको अन्तर्वार्तामा यो केबल हौसला प्रदान गर्ने रणनीति मात्र भएको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP