मंगलबार , बैसाख २९, २०८३

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ । क्यानले डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।

नेपाली क्रिकेटले जस्तो उचाइ पाएको थियो त्यो उचाइमा अहिले विभिन्न टिका टिप्पणी हुन थालेका छन् । केही साता अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी अनुशासन भन्दा बाहिर गए भन्दै गरेको कारबाही अहिले क्रिकेटको अभिभावक संस्था क्यानलाई नै गलाको पासो भएको छ । यद्यपि क्यान आफ्नो निर्णयमा अडिग नै छ ।

कारबाही भएपछि क्यानले फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि चार खेलाडी सहित ३० खेलाडी फेहरिस्त तयार पारेर बन्द प्रशिक्षणमा डाक्यो । सोमबार मैदानबाट अभ्यास थाल्ने तयारी गरेको टोलीमा १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।

सन्दीप लामिछाने विग ब्यासमा भएकाले उनको उपस्थिति सम्भव भएन । घोषणा गरेका मध्ये पहिलो दिन अभ्यासमा १६ खेलाडी उपस्थित भएको र अन्य केही दिनमा जोडिने नेपाल टोलीका मुख्य प्रशिक्षक पुबुदुले बताए ।

बाँकी ६ जना खेलाडी पीसीआर परीक्षण बाँकी रहेकाले होटल रहेका छन् । बाँकी नौ खेलाडीले आज साँझसम्म रिपोर्टिङ गर्ने मुख्य प्रशिक्षक पुबुदु दसानायिकले जानकारी दिए । सोमबार पत्रकारसँग बोल्दै टोलीका प्रशिक्षक पुबुदुले क्रिकेट एसोसिएसन र खेलाडीबीचको छलफल निकै सकारात्मक भएको र राष्ट्रिय टोलीको तयारी भएकाले बोलाएका खेलाडी उपस्थित हुनेमा आशावादी रहेको बताए ।

दशानायकेले पछिल्लो समय बोर्डले आफूलाई निकै सहयोग गरेको भन्दै पछिल्लो समस्याको समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक पुबुदुले कप्तान सन्दीप लामिछाने नै रहेको भन्दै अहिले विधागत कप्तानको कुरा आफूलाई जानकारी नभएको बताए । पहिलो दिनको अभ्यासमा उपस्थित खेलाडीले फिटनेस लागि अभ्यास गरेका गरे ।

ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयोजक ओमान, आयरल्यान्ड, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन रहेका छन् । समूहको शीर्ष दुई टोलीले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP