मंगलबार , अषोज २७, २०८३

नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणका लागि अनुपस्थित भएका छन्।

वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन्।

क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो। ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएको थियो।

प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन्।

रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, विनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा गएका छैनन्। अन्य केही खेलाडी पनि अनुपस्थित भएको बताइएको छ। अरू को-को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन।

बन्द प्रशिक्षणका लागि सुरूमा होटलमा रिपोर्टिङका लागि बोलाइएको थियो। त्यसमा खेलाडी अनुस्थित भएपछि सोमबारदेखि बन्द प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो। बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन्। क्यानले सहायक प्रशिक्षक अझै नियुक्त गरेको छैन।

बन्द प्रशिक्षणमा सहभागी हुनुअघि कारबाहीमा परेका खेलाडीहरूले क्यानलाई पत्र लेख्दै कारबाही फिर्ता भए/नभएको जवाफ मागेका थिए। क्यानले वर्गीकरणको विषयमा सच्याउन सकिने बताए पनि कप्तान भने परिवर्तन नहुने जवाफ दिएको थियो।

तर खेलाडीहरू कप्तान ज्ञानेन्द्र नै हुनुपर्ने अडानमा छन्।

क्यान खेलाडीहरूलाई कारबाही फिर्ता नगर्न अड्डी कसेर बसेको छ।

फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो।

बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी

सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP