सोमबार , बैसाख ८, २०८२

डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० को जित निकालेको छ । शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।

टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्‍याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।

एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ । आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो ।

त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३-२ को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP