शनिबार , भाद्र १३, २०८३

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।

ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।

हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ ।

ओमिक्रोन भेरियन्ट नेपालमा समेत देखापरिसकेको छ । नेपालमा पनि तीन जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेको छ । डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट फैलिए रोकथामका लागि अहिलेसम्म स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कुनै तयारी गरेको पाइँदैन ।

लापरबाहीका कारण ओमिक्रोन भेरियन्ट बढ्दै जान थालेपछि हाल मात्रै विश्व स्वास्थ्य संगठनले सुनामी ल्याउन सक्ने चेतावनी दिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्टले पनि सुनामी ल्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

भारतले ओमिक्रोन भेरियन्ट बढेसँगै सर्तकता बढाइरहँदा नेपालमा भने अहिलेसम्म कुनै सर्तकता अपनाइएको छैन । सबैभन्दा धेरै संक्रमित भारतको महाराष्ट्र र दिल्लीमा देखिएको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

भारतसँगको खुला सीमाका कारण नेपालमा ओमिक्रोन भेरियन्ट सहज रूपमा फैलन सक्ने देखिएको छ । तर, सरकारले सीमा नाकामा स्वास्थ्य चेकजाँचदेखि सर्तकताको कुनै उपाय लागू गरेको पाइँदैन । अर्कोतर्फ राजधानी काठमाडौंलगायतका बढी भीड हुने स्थानमा स्वास्थ्य मापदण्डको पालनासमेत गरेको पाइँदैन ।

विज्ञका अनुसार हाल उपलब्ध खोपले काम गर्न नसक्ने बताएका छन्। राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP