शनिबार , बैसाख ६, २०८२

बुटवल, माघ १८/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनकै लागि निर्वाचन घोषण गरेको दावी गर्नुभएको छ।

आइतवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा नगरेको दावी गर्नुभयो ।सरकारले प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै बनाएको मन्त्री रिजाको भनाई छ ।

ओली सरकारले चुनाव गराउनै नसक्ने नेता रिजालले ठोकुवा समेत गर्नुभयो ।उहांले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूणर् विस्वस्त रहेको भन्दै संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गर्नुभयो । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उहांले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गर्नुभयो ।

सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहांको दावी छ ।लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उहांको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP