सोमबार , अषोज २६, २०८३

बुटवल, माघ १८/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउनकै लागि निर्वाचन घोषण गरेको दावी गर्नुभएको छ।

आइतवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा नगरेको दावी गर्नुभयो ।सरकारले प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै बनाएको मन्त्री रिजाको भनाई छ ।

ओली सरकारले चुनाव गराउनै नसक्ने नेता रिजालले ठोकुवा समेत गर्नुभयो ।उहांले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूणर् विस्वस्त रहेको भन्दै संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गर्नुभयो । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उहांले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गर्नुभयो ।

सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहांको दावी छ ।लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उहांको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP