सोमबार , अषोज २६, २०८३

कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ । वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको छ । आयोजक संस्था हिडेन ट्रेजरले नेपाल सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर प्रतियोगिता थालनी गरिएको जानकारी दिएको छ ।

गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता लकडाउन भएपछि रोकिएको थियो । अब डिसेम्बर ५ मा ग्रान्ड फिनाले हुनेछ । यो मिस नेपालको २६ औं संस्करण हो ।

यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो । तर, काठमाडौंको अडिसन बाँकी हुँदै लकडाउन भएपछि बाँकी प्रक्रिया रोकिएको थियो । हिडेन ट्रेजरका निर्देशक सुवर्ण क्षत्रीले कोरोना भाइरस केही समय हामीमाझ रहने देखिएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएरै प्रतियोगिता गर्न लागिएको बताए । ‘कोरोनाकै कारण हामी लामो समय रोकियौं तर अब हामी नयाँ परिस्थितिको अवस्थामा अगाडि बढ्नुपर्ने भएको छ,’ उनले भने, ‘त्यसैअनुरूप हामीले प्रतियोगिताका केही ढाँचा परिवर्तन गरेका छौं ।’

उनका अनुसार प्रतियोगीहरूको ८० प्रतिशत प्रशिक्षण अनलाइनबाटै हुनेछ, अन्तिम चरणका केही प्रशिक्षणका लागि भने सबै प्रतियोगीहरूको पीसीआर परीक्षण गरी बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा ‘क्लोज क्याम्प’ मा राखिनेछ । त्यसपछि फिनालेपछि मात्र उनीहरू बाहिर निस्कन पाउनेछन् । सीमित अतिथिबीच फिनाले सोही होटलमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।

यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् । यस पटक चिकित्सा विज्ञान पढेका युवतीको बाहुल्य छ । अर्को वर्षदेखि शारीरिक उचाइको मापदण्ड पनि परिवर्तन हुने क्षत्रीले जानकारी दिए । अहिले प्रतियोगितामा सहभागी जनाउन घटीमा ५ फिट ४ इञ्च हुनुपर्छ ।

यो वर्षकी विजेताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कोरोनाकै कारण मिस वर्ल्ड २०२० हुने सकेन । मिस वर्ल्डमा नेपालको उपस्थिति दरिलो हुँदै गएको निर्देशक क्षत्रीको दाबी छ । ‘पछिल्लो सात वर्षमा तीन वर्ष मिस वर्ल्डको मुटु मानिने ‘ब्युटी विद अ पर्पस’ सबटाइटल जित्यौं, यो ठूलो उपलब्धि हो । मिस नेपालका विजेताहरूले नेपालकै सामाजिक र अन्य पेसागत क्षेत्रमा उल्लेखनीय काम गरेका छन्,’ उनले भने । इशानी श्रेष्ठ (२०१३), शृंखला खतिवडा (२०१८) र अनुष्का श्रेष्ठ (२०१९) ले मिस वर्ल्डमा ‘ब्युटी विद अ पर्पस’ जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP