मंगलबार , अषोज २७, २०८३

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार चेल्सीले सुरूआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ।

गएराति ब्राइटनसँग अन्तिम मिनेटमा अंक बाँड्दै चेल्सी बराबरीमा रोकिएको हो। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक घटाउने चेल्सीको योजनामा ब्राइटनका सब्स्टिच्यूट खेलाडी ड्यानी वेलबेकले इन्जुरी समयमा गरेको नाटकीय गोल बाधक बन्यो।

खेलको २८ औं मिनेटमा लुकाकुको गोलबाट सुरूआती अग्रता लिएको चेल्सीले ९० मिनेटसम्म खेलमा अग्रता लिए पनि अन्तिम मिनेटमा गोल खान पुगेको थियो।

यो बराबरीसँगै चेल्सीले लिभरपुलसँगको अंक दूरी बढाउने मौकासमेत गुमायो। २० खेलबाट ४२ अंकसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ५० अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP