सोमबार , बैसाख ८, २०८२

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरूषतर्फ नेपाल पदकविहीन बनेको छ।

मंगलबार ढाकामा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पराजित भयो।

नेपाललाई उज्वेकिस्तानले ३-० को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१७ ले हार्‍यो। तेस्रो सेटमा पनि २५-२२ ले पराजित भएपछि नेपाल पदकविहीन बन्न पुग्यो।

यसअघि नेपालले समूह चरणमा दुई खेलमा विजयी हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा पक्का गरेको थियो।

समूह चरणमा नेपालले माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो। बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।

यता महिलातर्फ भने नेपाल च्याम्पियन बन्यो। नेपालले मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP