स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एउटा सूचना सार्वजनिक गर्दै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि दिने भनिएको फाइजर खोप कार्यक्रम स्थगित भएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ–‘यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा तथा सुर्खेत गरी आठ जिल्लमा पुस १३ गतेदेखि बालबालिकाका लागि दिने भनिएको कोभिड १९ विरुद्धको फाइजर खोप, खोपसंगै आउनु पर्ने सिरिन्ज प्राप्त नभएकाले हाललाई स्थगित गरिएको छ ।’सूचनामा सिरिञ्ज प्राप्त हुने बित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने उल्लेख छ ।
मन्त्रालयले अहिले सञ्चालनमा रहेका अन्य खोपहरु मोडर्ना (तोकिएका ५७ जिल्लाका १२ देखि १७ वर्षका बालबालिका), जोनसन एण्ड जोनसन (खोप नलगाएका विदेश जान लागेका १८ वर्षभन्दा माथिका), भेरोसेल तथा एष्ट्राजेनेका/कोभिशिल्ड (१८ वर्षमाथिका) भने सुचारु भैरहेको जनाएको छ ।