शनिबार , भाद्र १३, २०८३

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाे भन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा ध्यानाकर्षण गरेको हो ।

दुबै पटक मस्कको स्याटलाइट चीनको स्पेस स्टेसननजिक पुगेको र ठोकिनबाट जोगिन स्पेस स्टेसनका अपरेटरले आफ्नो बाटो परिवर्तन गरेको चीनको भनाई छ । स्याटलाईटको अतिक्रमणका कारण चिनियाँ अन्तरिक्ष यात्री जोखिममा परेको पनि चीनले गुनासो गरेको छ ।

बेइजिङले अप्रिलमा पृथ्वीको सतहबाट ३९० किलोमिटरको दुरीमा स्पेस स्टेसन तियानगोंग स्थापना गरेको थियो । मस्कको स्पेसएक्सले आफ्नो स्याटलाइटलाई अकस्मात पृथ्वीबाट ३८२ किलोमिटरको दूरीमा राखेको र यसले चिनियाँ स्टेसनमा ठोकिने जोखिम बढेको बेइजिङको तर्क छ ।

यसैबीच मस्कको स्याटलाइट ठोकिने जोखिम बढेपछि चिनियाँ सामाजिक सञ्जाल विबोमा उनको कडा आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP