शनिबार , भाद्र १३, २०८३

नर्दन टेरिटोरीको डार्बिनमा जनवरीको २ तारिखमा गुरुङ्ग समुदायले ल्होछारको कार्यक्रम गर्ने भएका छन् । गुरुङ समाज डार्बिनले नेपलीज  एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीसंग मिलेर ल्होछारको कार्यक्रम गर्न लागेको हो । मलक हिन्दु मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा गुरुङको परम्परागत नृत्य तथा डोरी तान्ने र घैटो फुटाउने खेल खेलिने समाजले जनाएको छ । रात्री भोजसहितको कार्यक्रममा प्रवेशका लागि वयष्कले ४० डलर र ५ देखि १२ वर्षसम्मकाले २० डलर तिर्नुपर्नेछ ।

कार्यक्रमको सफलताको कामना गर्दै NRNA-NT अध्यक्ष बिष्णु चापागाईंले डार्विन लगाएत NT मा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई तमु ल्होछार पर्वको शुभकामना ब्यत गर्नु भयो। कुनै पनि समुदायको कला र संस्कृति को प्रवर्दन गर्न गैर आवासिय नेपाली संघ सधै तयार रहने जानकारी समेत दिनु भयो।

गुरुङ अर्थात तमु जातिको नयाँ वर्षलाई ल्होछार भनिन्छ । १२ वटा जनावर रहेको गुरुङ पात्रोमा हरेक वर्ष एउटा जनावरले भोग गर्छ । पात्रो अनुसार पुस १५ मा जनावर परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यसपाली गुरुङहरुले गाई वर्षलाई बिदाई गरि बाघ वर्षलाई स्वागत गर्दैछन् । गुरुङ चलन अनुसार जुन जनावरको बेलामा मानिसको जन्म भयो उसको वर्ग पनि त्यहि जनावरको नामबाट राखिने गरिन्छ । गुरुङ समुदायमा वर्गको महत्व अन्य समुदायको चिना जस्तै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP