शनिबार , भाद्र १३, २०८३

यङ्गुन– बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ दि चिल्ड्रेनले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ ।

लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरपन्थी भन्दै हत्या गरेको र उक्त शव जलाइएको आरोप लगाएको छ ।यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसको दाबी छ ।

संस्थाले विज्ञप्तिमा भनेको छ, ‘काया राज्यमा सेनाले मानिसलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरुलाई मारेर जलाइदिएको छ।’

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए ।ु उनीहरु दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ ।

तर, म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ । सेनाले उक्त क्षेत्रमा हतियारधारी चरमपन्थी मारिएको दाबी गरेको हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP