सोमबार , बैसाख ८, २०८२

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् ।

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो ।नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् ।

साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो । यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।

यसैगरी आइतबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोलीले माल्दिभ्ससँग पौने ४ बजे प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा एक जित र दुई हार बेहोरेको पुरुष टोलीले तीन अंक जोडेको छ । यस्तै समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले पनि तीन अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP