सोमबार , चैत्र २४, २०८१

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।

ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई ईडीले जफतको तयारी गरिरहेको छ ।

ज्याकलिनलाई यसअघि पनि ईडीले भारतभन्दा बाहिर जानका लागि रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यवसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर ईडीले उनलाई मुम्बई एयरपोर्टमै रोक लगायो । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ ।

यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP