शुक्रबार , भाद्र १२, २०८३

अभिनेता राजेश हमालले फिल्ममा अभिनय नगरेको लामो समय भयो । पछिल्लो समय उनले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, हमालले भने समय दिन नसकेको भन्दै यो फिल्म पनि रिजेक्ट गरे ।

कैयन् वर्षदेखि हमालले आफै फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । कतिपयले महानायक मान्ने यी अभिनेताले कस्तो फिल्म तयार पार्लान् भन्नेमा धेरैलाई जिज्ञासा छ ।

हमालले आफै निर्देशन गर्ने भनेपछि अझ धेरैमा चासो हुनु पनि सामान्य नै हो । हालै हमालले आफूले कोरोना भाइरस महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म मेकिङमा जुट्ने बताएका थिए ।

अहिले कोरोना कहरका कारण कुनै फिल्म पनि निर्माण र रिजिल हुन सकेका छैनन् । तर, कतिपय कलाकार भने काममा फर्किसकेका छन् ।

सानो पर्दा र विज्ञापनमा व्यस्त हमालले फिल्म बनाउनेबारे औपचारिक जानकारी भने अझै दिएका छैनन् । तर, दर्शकलाई उनले बनाउने फिल्म कस्तो बन्ला भन्नेमा चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP