आइतबार , जेठ २६, २०८२

यतिखेर करिब सात हजार नेपाली विद्यार्थी विभिन्न कलेज र विश्वविद्यालयमा अनुबन्धन भएर अस्ट्रेलिया आउने क्रममा छन्। सरकारले गत डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय सिमा खोलेसँगै अष्ट्रेलिया भित्रनेको संख्या निकै छ।

यस्तो अवस्थामा अन्य देशबाट अस्ट्रेलिया भित्रँदा अस्ट्रेलियाली कानुनले देश भित्र ल्याउन दिने र नदिने सामाग्रीको बारेमा ज्ञान नहुँदा विमानस्थलमा ठूलो समस्या पर्नसक्छ।आयात सम्बन्धी नीतिहरू समय समयमा परिवर्तन भइरहेका हुन्छन्। त्यसैले पनि आउने यात्रुले यसबारे अध्यावधिक रहन जरूरी हुन्छ। त्यति मात्र होइन, यदि कुनै यात्रुले जैविक सुरक्षालाई हानी पुर्‍याउने सामाग्री ल्याएमा र त्यसको जानकारी सम्बन्धित निकायलाई दिएनन् भने ठूलो रकम जरीवानासमेत तिर्नुपर्ने हुन्छ। या मुद्दा चल्नुका साथै अस्ट्रेलिया प्रवेशबाट सधैका लागि बञ्चित हुनुपर्छ।

अस्ट्रेलियाको जैविक सुरक्षा कानुनले वातावरण र कृषिमा विनाशकारी प्रभाव पार्नसक्ने थुप्रै वस्तुको आयातलाई रोक लगाएको छ।

कृषि, पानी र वातावरण विभागले जैविक सुरक्षा कानुनमार्फत देशमा आयात गरिएका उत्पादनको नियमन गर्छ।ताजा फलफूल र तरकारी, मासुका उत्पादन, चामल, गेडागुडी, अण्डा र ताजा पानीको माछाजस्ता खाद्य सामाग्री राज्यको विशेष अनुमति बिना ल्याउन पाइँदैन।

व्यक्तिगत प्रयोगको लागि डाक्टरले प्रेस्क्रिप्सन लेखेर दिएका औषधि प्रमाणसहित ल्याउनुपर्ने हुन्छ।

अष्ट्रेलिया भित्रने विद्यार्थी तथा अन्य यात्रुले सबैभन्दा पहिले यहाँको अध्यागमन नियमबारे विशेष ख्याल गर्नुपर्ने राइट एन्ड एशोसियट्सका निर्देशक परशुराम अधिकारीले बताए।‘देश भित्र ल्याउन पाउने र नपाउने सामग्रीको बारेमा जानकारी राख्ने र त्यस सम्बन्धी कानुन पालना गर्ने यात्रुको प्रमुख जिम्मेवारी हो’, उनले भने, ‘यस्ता विषयमा नेपाली विद्यार्थीले विशेष ख्याल राख्नुपर्ने हुन्छ।’

विदेशबाट अस्ट्रेलिया आउँदै गर्दा सबै यात्रुले एउटा आगमन यात्रु विवरण भर्नुपर्छ। यसमा आफूले ल्याएको सामाग्रीको बारेमा स्पष्टसँग जानकारी दिनुपर्नेहुन्छ।

त्यसो नगरेका कयौं नेपाली विद्यार्थीले विमानस्थलमा जरीवाना तिर्नुका साथै सजाय पाएका केही उदाहरणसमेत छन्।

जैविक सुरक्षालाई जोखिममा पर्ने कुनै पनि सामान जस्तै खाद्यापदार्थ, पशु उत्पादनहरू, बोटबिरुवा र काठका सामग्री आफूसँग भएमा यसबारे यात्रु विवरणमा उल्लेख गर्नुपर्छ। चुरोट र खैनीजस्ता पर्दाथ ल्याएमा पनि जानकारी गराउनुपर्छ।

यदि यात्रु विवरणमा उल्लेख नगरी अवैध सामान भित्र्याएमा जरीवाना मात्र होइन भिसासमेत रद्द हुनसक्छ। विगतमा केही त्यस्ता भिसा रद्द गरिएका उदाहरण पनि छन्।

विमानस्थलमा रहेका बायोसेक्युरिटी अधिकारीले कार्डमा लेखिएका सामानको निरीक्षण गर्छन् र ती सामान देश भित्र लैजान दिने कि, फिर्ता पठाउने वा त्यसलाई नष्ट गर्ने भन्ने निर्णय गर्छन्।

सम्बन्धित निकायले विशेष आयात अनुमति प्रदान नगरेसम्म हानिकारक किरा र रोगहरू नित्याउने वस्तुलाई अष्ट्रेलियाले निषेध गरेको छ।

केही वर्षअघि ब्रिजबेनमा फलफूलसँगै आएको एउटा झिँगाले निकै ठूलो हानी पुर्‍याए पछि ताजा फलफूलमा जीवित किराहरू हुनसक्ने भएकाले ल्याउन मनाही छ। यसले मुलुकमा नभएका रोगहरू निम्त्याउन सक्ने विज्ञको ठहर छ।

रोगको घरका रूपमा मानिने मासुजन्य उत्पादन ल्याउन पाइन्न। आफूले कुनै मासुको उत्पादन ल्याएको भएमा त्यसको बारेमा पहिले नै जानकारी दिनुपर्ने हुन्छ। यसो गरेमा गम्भीर जरीवानाबाट बच्न कसिन्छ।

मासुका उत्पादनले स्वाइनफ्लूजस्ता सरूवा रोगहरू भित्रिनसक्ने भन्दै यसमा कडाइ गरिएको हो। नेपालीले ल्याउने सुकुटी र गुन्द्रुकजस्ता कुरामा अलि बढी चनाखो हुनुपर्ने देखिन्छ।

दुधजन्य पदार्थ, केक, मह, र समुद्री खानालगायत अन्य खाद्य पदार्थको पनि निरीक्षण गरिन्छ। चामल, दाल र बालीको बिउजस्ता वस्तुहरू सामान्यतयाः निजी प्रयोगको लागि देशमा प्रवेश गर्न प्रतिबन्धित छन्।

आयात अनुमति बिना, अण्डा, जीवित जनावरहरू, बिरूवा, काठका उत्पादन र अन्य जैविक सामग्री अस्ट्रेलिया ल्याउने अनुमति छैन।

हालै मात्र नेपालबाट आएका एक विद्यार्थीले साथीको लहलहैमा लागेर एक दर्जन चुरोट र केही खैनी ल्याए। तर कार्डमा नभरेकाले उनले त्यहाँ महङ्गो जरीवाना तिर्नुपर्‍यो।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीले विशेष गरि यस्ता विषयमा चनाखो र अपडेट हुनुपर्ने शैक्षिक परामर्शदाताहरुको संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP