सोमबार , बैसाख ८, २०८२

नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरे ।यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

‘नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौ । साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी २० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,’ उनीहरुले भनेका छन् ।

कारबाही फिर्ता माग गर्ने ६ सदस्य

ऋषिराम गौतम, केन्द्रीय सदस्य

अमितवीर पाण्डे, केन्द्रीय सदस्य

करन महतारा, केन्द्रीय सदस्य

मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य

सञ्जयराज सिंह, केन्द्रीय सदस्य

छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP