
आर्सनल कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सन्डरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्सनल कारवाओ कपको अन्तिमा चारमा प्रवेश गरेको हो ।
आर्सनलाई सानदार जित दिलाउनको लागि एडवर्ड एनकेटियाले ह्याट्रिक गरे भने निकोलस पेपे र चार्ली पाटिमोले समान एक–एक गोल थपे । सन्डरल्यान्डका नाथन ब्रोडहेडले एक गोल गरे ।
खेलको १७औं मिनेटमा एडवर्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । २७औं मिनेटमा निकोलस पेपेले गोल गर्दै दोब्बर पारे । ३१औं मिनेटमा नाथनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
४९औं मिनेटमा एडवर्डले गोल गर्दै आर्सनलाई ३–१ ले अघि बढाए । उनले नुनो टाभारेसको पासमा गोल गरे । ५८औं मिनेटमा निकोलस पेपेको पासमा पासमा एडवर्डले ह्याट्रिक पुरा गरे ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाटिमोले गोल गर्दै गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।