मंगलबार , अषोज २७, २०८३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।

सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । हामी सबैलै बारम्बार एउटै कुरा भन्दै आएका छौँ, एकदिवसिय विश्वकप खेल्नुपर्छ र टेस्ट राष्ट्र बन्नुपर्छ । तर, यो लक्ष्य चुनौतीपूर्ण छ । जबसम्म म कप्तानको रुपमा यहाँ छु । हामीले टेस्ट राष्ट्र बन्नका लागि आफ्नो तर्फबाट सम्भव भएसम्मको प्रयास गर्नेछौँ।’

सन्दीपले केवल टोलीका २१ जना खेलाडी र पदाधिकारीको मात्र नभएर तीन करोड नेपालीको नेतृत्व गर्न पाउनु आफ्ना लागि खुशीको क्षण भएको पनि बताए । ‘नेपाली क्रिकेटमा उतारचढाव भए पनि हामी उज्ज्वल भविष्यको खोजीमा छौँ । हामी मैदान बाहिरका असहमतिलाई हटाएर मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा छनोट हुनेछौँ । सोही अनुसार अगाडि बढ्नेछौँ,’ सन्दीपले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP