आइतबार , बैसाख ७, २०८२

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो ।क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम गाव्रियससले बिदाका कार्यक्रम रद्द गरेर आफ्नो ज्यान बचाउन आग्रह गरेका छन् । यसका लागि जर्मनी र फ्रान्सलेजस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ ।

बढ्दो ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म नेदरल्याण्ड्सले मात्रै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । बाँकी युरोपियन र अमेरिकी देशहरुले बुस्टर डोज खोपमा जोड दिइरहेका छन् ।

यसअघि दोस्रो लहर डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिने भएकाले संक्रमण रोक्न चाल्नुपर्ने कदम उठाउन ढिलाइ गर्न नहुनेमा डब्लुएचओको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP