मंगलबार , बैसाख २९, २०८३

दक्षिण कोरियामा मानिस कोरोना महामारीको लामो प्रभाव र कामको दबाबले हैरान भइसकेका छन् । यहाँका मानिसमा पैसा खर्चिएर शान्ति खोज्ने प्रवृत्तीमा वृद्धि भइरहेको छ । यो प्रवृत्तीलाई ‘हिटिङ मङ्ग’ नाम दिइएको छ ।

ल फर्ममा काम गर्ने ३९ वर्षीय हान लामो सिफ्टपछि आनन्दको खोजीमा छिन् । उनी भन्छिन्, ‘जीवनमा तनाव बढिरहेको छ । मेरी साथीले पनि यस्तै महसुस गरिरहेकी छिन् । म केही दिन अघि बाटोमा हिँडिरहेकी थिएँ । एक व्यक्ति मसँग ठोक्किए । पहिला भएको भए हामी दुबैले माफी माग्थ्यौं र आ–आफ्नो बाटो लाग्थ्यौं । तर अब अहिले जो पनि यति रिसाएका हुन्छन् कि झगडा सुरु भइहाल्छ ।’

यस्तो अवस्था अब सामान्य भइसकेको छ । कम्पनी पनि संघर्ष गरिरहेका छन् । दम्पत्ति तर्क–बितर्क गरिरहेका छन् । किनकी उनीहरुलाई पैसाको चिन्ता छ । जो कोही पनि निराशाको सागरमा डुुबेका छन् । मानिसलाई निराशाको भुमरीबाट निकाल्नका लागि हिटिङ मङ्गको संस्कृति लोकप्रिय भइरहेको छ । मानिसहरु परिवार बिना आनन्द आउने स्थानको खोजी गरिरहेका छन् । यो अवधिमा उनीहरु कलम र नोटप्याड मात्रै आफ्नो साथमा राख्ने गरेका छन् । यस अन्तर्गत उनीहरु नदी वा समुद्रको किनारामा रहेका रेष्टुरा र क्याफेमा बसेर प्रकृति नियालिरहेका छन् ।

यस्ता स्थानमा कडा मौनताको नियम छ । कयौँ सिनेमाघरहरुले ४० मिनेटको फ्लाइट चलचित्र देखाउँछन् । ‘बादलको बीच थोरै आराम लिनुहोस्’ भनेर आव्हन गर्छन् ।

जेजू द्विपमा एउटा प्रतियोगिता भयो । यसमा मुुटुको धड्कन सबैभन्दा कम चलेका व्यक्तिलाई पुरस्कृत गरियो ।

गंगवन प्रान्तमा ह्यापिटरी फाउनडेसनले एउटा जेल बनाएको छ । यहाँ मानिस कागज कलम लिएर ४८ घण्टासम्म बस्न सक्छन् । यो संस्थाकी प्रवक्ता वू सुंग–हुन भन्छिन्, ‘यहाँ मानिस आफैसँग सामना गर्नका लागि आउने गर्छन्, आफैँलाई विभिन्न प्रश्न सोध्छन् र वास्तविक खुसी पाउँछन् । कुनै बाधा बिना एकान्तमा बस्दाको अनुभवले उनीहरुलाई भविष्यका लागि तयार हुने शक्ति दिन्छ ।’

स्कूलका दिनदेखि नै बच्चामा भरिन्छ सफलताको चाहना, आत्महत्याको दर सर्वाधिक

दक्षिण कोरियाली समाज असाध्यै प्रतिस्पर्धी छ । यहाँ दोस्रो विश्वयुद्धपछि नै बच्चामा सफल हुनुपर्छ भन्ने दबाब दिइन्छ र यहाँ युवा पुँजीवादी सफलतालाई जारी राख्ने आफ्नो कर्तव्य ठान्छन् । यसका कारण एउटा तनावग्रस्त समाज सिर्जना हुन्छ । महामारीले यसमा वृद्धि गरेको छ । एक सर्वेक्षणका अनुसार ७३ प्रतिशत जनसंख्या आफूलाई तनावग्रस्त मान्छ । औद्योगिक दुनियाँमा आत्महत्या दरको मामिलामा दक्षिण कोरिया शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP