बुधबार , असार २४, २०८३

यस्तो कुनै बलिउड फिल्म भेट्न गाह्रो पर्छ जुन कपिल शर्माको कार्यक्रममा नगएको होस् । यसैगरी सलमानले चलाउने ‘बिग बोस’मा पनि निर्माताहरू कलाकार लिएर प्रचार गर्न पुगेकै हुन्छन् । तर के यहाँ फिल्मकर्मीले निशुल्क आफ्नो फिल्मको प्रचार गर्न पाउँछन् ? पाउँदैनन् ।

बलिउडका सञ्चारमाध्यमले लेखेअनुसार यस्ता कार्यक्रममा फिल्मको प्रचार गर्न निर्माताले टेलिभिजन कार्यक्रमलाई मोटो रकम बुझाउनु पर्छ । समाचारमा उल्लेख भएअनुसार बलिउड फिल्मले ‘कपिल शर्मा सो’मा प्रचारका लागि २५ देखि ३० लाखसम्म तिर्छन् भने ‘बिग बोस’मा यसरी नै फिल्मको प्रचार गर्न निर्माताले ५० लाख भारतीय रुपैँयासम्म बुझाउने गर्छन् ।

तर संयोग के भने यी दुवै कार्यक्रममा सलमान खान जोडिएका छन् । सलमान ‘कपिल शर्मा सो’का निर्माता हुन् भने ‘बिग बोस’ सलमानले नै होस्ट गर्छन् । ‘बिग बोस’मा फिल्मको प्रचार गरेवापतको हिस्सा उनले पाउँछन् पाउँदैनन्, थाहा छैन तर ‘कपिल शर्मा सो’को निर्माता पनि सलमान भएकाले यसबाट भने उनले राम्रै हिस्सा पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP