शुक्रबार , भाद्र १२, २०८३

पूर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताउनुभएको छ । लोडसेडिङ अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्न नपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको दावी गर्नुभयो ।
कुलमानलाई पनी उहांहरुकै पालामा नियुक्ती गरिएको हो बर्षमानले भन्नु भयो ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी शासनका कारण मुलुक यो अवस्था आईपुगेको बताउदै संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीले आफुलाई संविधान भन्दा माथी ठानेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य एवं प्रचण्ड नेपाल समुहका लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवाली, नेता डिलाराम आचार्य, पिताम्बर भुसाल, ठाकुर गैर, पिताम्बर सारु, सुशिला श्रिपाली, प्रेमनारायण गैरे लगायतले बोल्दै प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन आव्हान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP