सोमबार , बैसाख ८, २०८२

असन्तुष्टि पोखेकै भरमा नेपाल क्रिकेट संघ (क्यान) कारबाहीमा परेका क्रिकेटरले क्यानले एक्कासि कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारले आफूहरूलाई दुखी बनाएको बताएका छन्।

शुक्रबार नक्सालको होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गरी उनीहरूले सो कुरा बताएका हुन्।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार जनालाई कारबाही गरेको थियो। कारबाही पर्नेमा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरी छन्।

यति बेला आफूहरू टि-२० ग्लोबल क्वालिफायर र डब्लुडब्लुजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारीमा व्यस्त हुनुपर्ने ठाउँमा आफैं स्पष्टीकरण दिइहिँड्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले दुख व्यक्त गरेका छन्।

पत्रकार सम्मेलनमा उनीहरूले भनेका छन्, ‘नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो। क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो। तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यसबारे सञ्चार माध्यममा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं।’

आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले प्रश्न गरेका छन्।

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका वर्षे खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?,’ उनीहरूले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP