मंगलबार , अषोज २७, २०८३

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‌ओमिक्रोनको संक्रमण थप चारजनामा देखिएको छ। यो सहित दिल्लीमा संक्रमित हुनेको संख्या ६ पुगेकोको त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पुष्टि गरेका छन्। उनका अनुसार संक्रमितमध्ये एकजना भने डिस्चार्ज भइसकेका छन्।३५ जना संक्रमित र ३ जना शंकास्पद व्यक्ति अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्यमले जनाएकf छन्। उनीहरु त्यहाँको एलएनजेपी अस्पतालमा भर्ना भएका छन्। हालसम्म भारतमा ४५ जनामा ‌ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ।

सोमबार मात्र महाराष्ट्रमा २ र गुजरातमा १ जना गरी तीनजनामा संक्रमण देखिएको थियो।ओमिक्रोनबाट महाराष्ट्रमा २०,राजस्थानमा ९,कर्नाटमा ३,गुजरातमा ४, केरलामा १, आन्ध्र प्रदेशमा १ र दिल्लीमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा सबैभन्दा पहिला बैंगलोरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो। भारतीय मूलका दक्षिण अफ्रिकी नागरिक र एक चिकित्सकसहित दुईजनामा यसको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP