मंगलबार , अषोज २७, २०८३

बेलायतमा ओमिक्रोन भेरियन्ट संक्रमणबाट एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमवार पुष्टि गरेका छन् ।

ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना हुनेहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ, ‘प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भनेका छन् ।

यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना संक्रमित अस्पतालमा रहेको बताएका छन् । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थिए ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । संक्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर ‘हामीले पहिले कहिल्यै नदेखेको कुरा हो’ उनले भनेका छन् ।

बेलायतमा मंगलवार एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोना भाइरस संक्रमित देखा परेका छन् यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमवार जारी गरिएको आधिकारिक तथ्यांकमा जनाइएको छ ।

यसै अवधिमा कोरोना भाइरस संक्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP