शनिबार , भाद्र १३, २०८३

एथ्लेटिको म्याड्रिडलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा रियलको यो लगातार १० औँ जीत हो ।

ला लिगाको शीर्ष गोलकर्ता रहेका करिम बेन्जेमाले खेलको १६ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रियललाई अग्रता दिलाए । लिगमा यो सिजन उनको यो १३ औँ गोल थिया । सन् २०२१ मा क्लबका लागि यो ३६ औँ गोल पनि थियो । एक वर्षमा उनले रियलका लागि गरेको सबैभन्दा धेरै गोल हो । दोस्रो हाफमा भिनिसियसले मार्को असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।

साबिक विजेता एथ्लेटिको रियलभन्द १३ अङ्कले पछि परेको छ । डिएगो सिमिओनीको टोली लिगको चौथो स्थानमा सीमित बनेको छ । जिनेदिन जिदानको स्थानमा कार्लो एन्चेलोटी आएपछि पछिल्ला २३ खेलमा रियल मात्र दुई खेलमा पराजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP