सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा रातभर ठूलै चलखेल भएको छ । सभापतिका आकांक्षीहरुले टिम बनाउन गरेको गृहकार्यले पछिल्लो पुस्ताका नेताहरुको कित्ता परिवर्तन भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा. शेखर कोइरालाले टिम बनाउन गरेको गृहकार्यका क्रममा कित्ता परिवर्तनहरु भएका छन् । देउवा प्यानलमा पदाधिकारीका आकांक्षीले अवसर नपाउने भएपछि सिंह र कोइरालाको टिममा स्थान बनाएको बुझिएको छ । कोइराला प्यानलमा पदाधिकारी नपाउने भएपछि उनीसँग निकटहरुले पनि कित्ता परिवर्तन गरेका छन् ।

रातभर ठूलै चलखेल भएपछि काँग्रेसको राजनीतिमा नयाँ घटना विकास भएको छ । सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग राजनीतिक लेनदेन गरेको बुझिएको छ । उनको प्यानलबाट प्रदीप पौडेलले महामन्त्रीमा स्थान पक्का गरेका छन् । तर, पौडेल पसेपछि महामन्त्रीका अन्य आकांक्षी रुष्ट भएका छन् । उनीहरु कित्ता परिवर्तनका लागि ठिक्क परेको बुझिएको छ ।

दिनभर मनोनयन दर्ताका क्रममा धेरै नेताहरुको कित्ता परिवर्तन हुने देखिएको छ । सभापतिमा देउवा नै संस्थापन पक्षबाट उम्मेदवार हुने भएपनि पदाधिकारीमा आकांक्षी धेरै छन् । यसले देउवा अप्ठ्यारोमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP