बुधबार , जेठ २२, २०८२

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा रातभर ठूलै चलखेल भएको छ । सभापतिका आकांक्षीहरुले टिम बनाउन गरेको गृहकार्यले पछिल्लो पुस्ताका नेताहरुको कित्ता परिवर्तन भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा. शेखर कोइरालाले टिम बनाउन गरेको गृहकार्यका क्रममा कित्ता परिवर्तनहरु भएका छन् । देउवा प्यानलमा पदाधिकारीका आकांक्षीले अवसर नपाउने भएपछि सिंह र कोइरालाको टिममा स्थान बनाएको बुझिएको छ । कोइराला प्यानलमा पदाधिकारी नपाउने भएपछि उनीसँग निकटहरुले पनि कित्ता परिवर्तन गरेका छन् ।

रातभर ठूलै चलखेल भएपछि काँग्रेसको राजनीतिमा नयाँ घटना विकास भएको छ । सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग राजनीतिक लेनदेन गरेको बुझिएको छ । उनको प्यानलबाट प्रदीप पौडेलले महामन्त्रीमा स्थान पक्का गरेका छन् । तर, पौडेल पसेपछि महामन्त्रीका अन्य आकांक्षी रुष्ट भएका छन् । उनीहरु कित्ता परिवर्तनका लागि ठिक्क परेको बुझिएको छ ।

दिनभर मनोनयन दर्ताका क्रममा धेरै नेताहरुको कित्ता परिवर्तन हुने देखिएको छ । सभापतिमा देउवा नै संस्थापन पक्षबाट उम्मेदवार हुने भएपनि पदाधिकारीमा आकांक्षी धेरै छन् । यसले देउवा अप्ठ्यारोमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु