मंगलबार , भाद्र १६, २०८३

स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ।

जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ।

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन्।

कोभिड–१९ का कारण क्वारेन्टिन खर्चबापत थप व्यवस्था गर्नुपर्ने व्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउन केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ।

पछिल्लो समय विदेशी मुद्राको सञ्चिती कम भएपछि राष्ट्र बैंकले विदेशी मुद्रा खर्च कटौती गर्दै आएको थियो। तर कोरिया जानेलाई अत्यावश्यक परेपछि उक्त गन्तव्यमा जाने श्रमिकलाई केही खुकुलो गरिएको बताइएको छ।

पछिल्लो समयमा सामान्यतया वैदेशिक रोजगारीमा जानेका लागि राहदानीबापत अधिकतम दुई सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था छ।

बसोबास र पारिश्रमिकको दृष्टिकोणले भने कोरिया रोजगारी आकर्षक मान्ने गरिन्छ। पछिल्लो समयमा संसारभरि नै श्रमिकले कुनै शुल्क तिर्न नहुने आवाज उठिरहेको बेला कोरिया जानेले पनि शुल्क तिर्न नहुने माग गरिरहेका छन्। हाल कोरिया जानेको करिब ८० हजार रूपैयाँ बराबर खर्च हुने गरेको छ। यता सरकारले खाडी मुलुक र मलेसियाको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP