मंगलबार , अषोज २७, २०८३

बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ ।

मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप शाखाका प्रमुख सागर दाहालले भने, “विद्यालयमै खो प केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुने छ ।”

सरकारले आगामी पुस ४ देखि १४ गते सम्म विद्यालयमै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । उनले यसअघि फाइजर खोप दिइएका २४ अस्पतालमा पनि मोडर्ना खोप दिइने बताए ।

बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार छ सय मात्रा र गत शुक्रबार एक लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आएको थियो । हालसम्म आएको खोपसहित आइतबार सम्ममा ३७ लाख मात्रा मोडर्ना खोप आउने निश्चित भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP