सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई जिताउन आह्वान गरेका छन्। उनले चुनावपछि फेरि कांग्रेसको सरकार बन्ने दाबी गर्दै आफूलाई जिताउन आह्वान गरेका हुन्।’जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन कस्तो थियो- डर त्रास। म प्रधानमन्त्री भएको भोलिपल्ट सबैले मुक्ति पाएको महसुस गरे। सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए,’ उनले भने।

उनले अगाडि थपे, ‘अब त्यो मुक्ति बचाउने हो कि नबचाउने हो? त्यो महाधिवेशनले तय गर्छ। डरत्रासबाट मुक्त समाज निर्माण गर्नुछ। तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ। आउँदो सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म त्यो मेरो जिम्मा भयो।’

उनले मनमुटाव नराख्न सबैमा आग्रह गरे। ‘कहीँ सहमतिबाट आउनुभएको छ, कहीँ प्रतिस्पर्धाबाट आउनुभयो। अब त्यो मनमुटाव नराख्नुस्,’ उनले भने।

उनले कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार, राष्ट्रिय सरकार कांग्रेसको हुने देउवाले दाबी गरे। ‘त्यसकारण मलाई जिताइदिनुहोस्। डरत्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ। नेपाललाई कांग्रेसको सरकार बनाइन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP