मंगलबार , बैसाख २९, २०८३

बुटवल । सौन्दर्य प्रतियोगिता , द नेक्सट फेस लुम्बिनीको उपाधि अभिषेक ढकाल र ममता रानाले जितेका छन् । एक महिनादेखि जारी प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट मिस्टरतर्फ ढकालले उपाधि जितेका हुन् भने मिसतर्फ रानाले जितेकी हुन् । स्टाइल क्रियशनको आयोजनामा बुटवलमा सम्पन्न प्रतियोगितामा सहभागी अन्य प्रतियोगीलाई पछि पार्दै द्वय ढकाल र रानाले उपाधिसँगै नगद १५ हजार र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।उनीहरुलाई मोडलिङका लागि सो अवसर स्वाभिमान क्रियशनले अवसर दिने क्रियशनका निर्देशक तथा मोडल राजु महोत्राले बताए ।

विभिन्न प्रस्तुतीसँगै निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइसको उपाधि पनि जित्न सफल भए भने उनीसँगै मिसतर्फ इशिका सुबेदीले पनि भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् । त्यसैगरी मिस्टर मल्टीमिडियातर्फको उपाधि पनि जितेर ढकाल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका छन् ।

प्रतियोगितामा मिसतर्फ फ्रस्ट रनर अपको उपाधि उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ हेमा भट्टराई र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनर अपको उपाधि जितेका छन् । त्यसैगरी कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन् । बिनिता भण्डारी र इशिका सुबेदीलेले अर्गनाइजर च्वाइसको उपाधि जितेका छन् ।

आयोजक स्टाइल क्रियशनका प्रबन्ध निर्देशक साहिर केसीको अध्यक्षता र बुटवल उपमहानगरपालिका उपप्रमखु गोमादेवी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल मुख्य निर्णायक रहेकी थिइन् । त्यसैगरी निर्णायकमा म्यूजिक डाइरेक्टर नारायण शर्मा,फेशन डिजाइनर अनुपमा श्रेष्ठ,मोडल तथा कोरियोग्राफर प्रशान्त शाह,डान्सर तथा मोडल शिवा क्षेत्री,द रन वे –२०१८ अञ्जली नेपाली,मिस्टर पश्चिमाञ्चल –२०१९ विशाल मगर रहेका थिए ।

प्रतियोगिताका लागि चर्चित कोरियोग्राफर सुजित बस्यालले मुख्य कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए भने पूजा क्षेत्रीले अशिष्टेण्ट कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन् । चर्चित कोरियोग्राफर रेशम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । प्रतियोगिताको ग्राण्ड फिनालेकै अवसरमा कलाकार,गायक उज्ज्वल गिरी ‘दानविर’ दानविर , श्रीधर अधिकारी लगाएत विभिन्न कलाकेन्द्रबाट सांस्कृतिक प्रस्तुती समेत रहेको प्रतियोगिताका संयोजक गोकुल न्यौपानेले जानकारी गराए ।।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 205 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP