मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा आकर्षण केन्द्रका बनेका थिए, प्रमुख राजनीतिक दलका नेताहरु। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्भवतः करिब एक वर्षछि एउटै मञ्चमा आसिन थिएन। अर्का नेता एकीकृत समाजवादी पार्टीका नेता माधव कुमार नेपाल र ओलीबीच करिब पाँच महिनापछि एउटै मञ्चमा साक्षत्कार भएको थियो।कार्यक्रममा अध्यक्ष ओली निर्धारित समयभन्दा केही ढिला आएका थिए। उनी नमस्कार गर्दै मञ्चमा पुग्दा प्रचण्डले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवातिर मुख फर्काएका थिए भने माधव नेपाल ‘नजर’ निहुर्‍याएर बसेका थिए।

प्रधानमन्त्री देउवाले नमस्कार फर्काउँदै गर्दा प्रचण्ड र नेपाल भने चुपचाप बसेका थिए। सम्बोधनका क्रममा पनि कोही नेताले कसैको नाम लिएर सम्बोधन गर्न रुचाएनन्। सबैले पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरे।

वरियता क्रममा पहिले सम्बोधन गर्न पुगेका माधव नेपालले मञ्चमा आसिन पूर्व प्रधानमन्त्रीहरु भनेर सम्बोधन गरे। प्रचण्डले पनि सोही वाक्य दोहोर्‍याएका थिए, ओलीले पनि कसैको नाम लिन चाहेनन्।

कसले के भने?

भारतीय नेता हर्षवर्द्धनले सुरुमै आफूले पहिलोपटक मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्रीहरु एउटै मञ्चमा देखेको बताएका थिए। त्यसको जवाफ फर्काउँदै प्रचण्डले भने- सबै पूर्व प्रधानमन्त्रीहरुलाई हामी एकअर्काले साथ दिएरै प्रधानमन्त्री बन्नु भएको हो। उनले एक्लै कोही पनि प्रधानमन्त्री नबनेको स्पष्ट पारेका थिए।

त्यस्तै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरतिर नेताहरुलाई चोर भन्ने गरेको बताए। त्यसको जवाफ दिँदै प्रचण्डले भने- यो बिलकुल गलत हो। केपी ओलीले भने भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै कटाक्ष गरे। ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ? भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई। त्यस रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या,’ उनको कटाक्ष थियो।

प्रचण्डले सम्बोधनको क्रममा नेपालको इतिहास एक्लै हिँडेर कोही पनि गन्तव्यमा नपुगेको बताएका थिए। उनले अहंकार राखेर एक्लै नहिँड्न ओलीलाई चुनौति दिएका थिए।

त्यसको जवाफ दिँदै ओलीले आफूहरु एक्लै नहिँडेको बरु सहकार्य गर्न खोजेको बताएका थिए। ‘हामी सँगै छैनौं र? एमाले एक्लै हिँड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP