मंगलबार , असार २३, २०८३

आगामी नयाँ वर्षदेखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने भएको छ । ‘दी गेम अवार्ड्स २०२१’ को अवसरमा बिहीबार साँझ आगामी जनबरी १२ देखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने जानकारी गराइएको हो ।

पब्जी ब्याटलग्राउण्ड नि:शुल्क खेल्न पाइने भएपछि शुल्क तिर्नेको लागि ब्याटलग्राउण्ड प्लस नामको नयाँ प्रिमियम खाता सार्वजनिक हुनेछ । ब्याटलग्राउण्ड प्लस खाताले खेलाडीहरूलाई अतिरिक्त आम्दानी गर्न सघाउनुका साथै कस्टम म्याच र अन्य बोनसको सुविधा दिनेछ । खाता अपग्रेड गर्न एक पटक १२.९९ अमेरिकी डलर शुल्क लाग्नेछ।

पब्जी ब्याटलग्राउण्ड् नि:शुल्क हुनुअघि नै शुल्क तिरेर खेलिरहेका खेलाडीले भने एक विशेष प्याकेज पाउनेछन् जसमा नि:शुल्क ब्याटलग्राउण्ड प्लस खाता अपग्रेड र अन्य सुविधा समावेश हुनेछ । पब्जीको यो नि:शुल्क भर्सन प्ले स्टेसन ४, प्ले स्टेसन ५, विन्डोज पिसी (स्टिम मार्फत ), एक्स बक्स वान, र एक्स बक्स सिरिज एक्समा उपलब्ध हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP