मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रचण्ड-माधवलाई व्यंग्यात्मक कटाक्ष गरेका छन् । आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे ।

ओलीले भने, ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ । केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो । सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि ।

सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन । हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP