मंगलबार , बैसाख २९, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको महाधिवेशन सफलताका साथ सम्पन्न गर्ने अठोट लिएको भन्दै त्यसको लागि शुभकामना दिए । उनले भने,‘आजभन्दा १६ वर्ष पहिले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन पाएको थिएँ । त्यतिवेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । त्यो एजेण्डामा हामीले छलफल गरेका थियौं । गिरिजाबाबु र शेरबहादुरजीको अलग–अलग पार्टी थिए, मैले दुवै पार्टीको महाधिवेशनमा भाग लिएँ ।’

उनले आजको विषय के होला ? भन्दै नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको टिप्पणी गरे । उनले भने,‘सावधान म भन्न चाहन्छु । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउने चेष्टा नगर्नुहोस । नदीको प्रवाह अघि बढिसकेको छ । अब नेपालमा रजातन्त्रको कुनै भविष्य छैन् । नेपाली जनता फेरि ज्वालामुखीझैं मेचीदेखि महाकालीसम्म विष्फोट हुन्छन् । राजाले पनि एउटा राम्रो पार्टी खोले हुन्छ, होईन भने व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं । राष्ट्रियताको रक्षा हामी गर्छौं । सामाजवदाको यात्रा, सामाजिक न्याय, समानता विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नेछौं ।’

उनले राजनीतिमा धेरै विकृतिहरु रहेको भने सुनाए । उनले भने,‘विकृति राज्यसत्तामा पनि छन् । ती विकृतिहरु पन्छाउनुपर्छ । विकृतिका वाहकहरुले विकृति फैलाउने अनि हामी टुलुटुलु हेरेर बस्न सकिँदैन् । भ्रष्टाचार, मैमत्त, लोकतन्त्रको मूल्य र मान्यता कुल्चिने, अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट अब देशलाई मुक्त गर्नुपर्छ । लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP