सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेका अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छो भएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताले नेतालाई ‘चोर’को रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओलीले त्यसको प्रतिवाद गरेका हुन्।

‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ। भर्खर भर्खर सभापति भएको रापताप होला। अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ,’ उनले भने।

ओलीले अगाडि भने, ‘कोही जन्मदैं शासक भएर जन्मिन्छ्न भन्ने निराधार सिद्धान्त बोकेर हिँड्ने, संयुक्त राष्ट्रसंघका सिद्धान्त विपरीतका धारणा बोकेर हिँड्ने? नागरिकबाट उठेर आएको नेता चोर हुन्छ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP