मंगलबार , बैसाख २, २०८२

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादलले आफूहरुले घोषणा भएको चुनाव जित्ने दावी गरेका छन ।

चितवनमा जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले चुनाव जित्ने दावी गरेका हुन ।

बादलले पार्टीभित्रैबाट आफ्नो पार्टीको सरकार ढालेर राजनीतिक अस्थिरता ल्याउन खोजिएको अवस्थामा प्रधानमन्त्री ओलीले अग्रगामी र राष्ट्रहितको कदम चालेर संसद विघटन गरेको दावी गरे ।

अहिलेको संसद विघटन देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि भन्दै बादलले अहिलेका प्रधानमन्त्री ओलीको कदम जनतामुखी भएको बताए । जनताका लागि गरेको निर्णय भएकाले अबको चुनाव आफूहरुले जित्ने उनले बताए ।

बादलले आफ्ना गल्तीहरु स्वीकार गर्दै सच्चिएर पार्टीमा फर्कन प्रचण्ड-माधव समूहलाई आह्वान पनि गरेका छन् । पार्टीमा गरेका गल्तीहरुलाई आत्मालोचना गर्दै पार्टीमा आएर चुनावमा जान भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP