सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी रहेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्र प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुँदैछ । मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको छ । भृकुटिमण्डप परिसर वरपर कांग्रेस पार्टीको झण्डा राखिएको छ भने महाधिवेशनमा बिभिन्न पदमा उम्मेद्वारी दिनेहरुको पर्चा र पम्प्लेटले वरपरका क्षेत्र ढाकिएका छन् ।

देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन् । करिब ४८ सय महाधिवेशन प्रतिनिधिले भाग लिने कांग्रेसले जनाएको छ । महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने देखिएको छ । सभापति शेरबहादुर देउवा फेरि सभापतिमा दोहोरिने तयारीमा छन् । उनलाई चुनौती दिन पौडेल समूहले एकजनामात्र उम्मेदवार बनाउने बताउँदै आए पनि विहीबार साँझसम्म उम्मेदवार तय गर्न सकेको छैन।

अहिलेसम्म सभापतिका ७ जना उम्मेदवार देखिएका छन् । देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । महाधिवेशनले १५ जना पदाधिकारीसहित १३३ जना निर्वाचित गर्ने छ भने ३१ जना मनोनित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP