मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाली कांग्रेस इतिहास भएको तर भविष्य नभएको पार्टी बनेको टिप्पणी गरेका छन्।

हेटौँडामा प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा कांग्रेस नेताहरुले गरेका टिप्पणी अनावश्यक भएको भन्दै उनले कांग्रेस लामो इतिहास बोकेको तर, आफैँमा भविष्य नभएको पार्टी रहेको दाबी गरे।

केही दिनअघि हेटौँडामा कांग्रेस नेता गगन थापाले एमालेले आफ्नो विचार नारायणी नदीमा सेलाएको अभिव्यक्ति दिएका थिए। त्यसको जवाफ स्वरुप सचिव भट्टराईले कांग्रेससँग कुनै विचार नभएको दाबी गरे। कांग्रेससँग विचारको डकुमेन्ट समेत नभएको उनले बताए।

‘कांग्रेससँग अहिले कुनै विचार छैन, कांग्रेसको विचारको डकुमेन्ट कहाँ छ?’ उनले भने।

उनले फरक पार्टीको महाधिवेशनलाई लिएर अरु दलका नेताले टिप्पणी गर्न आवश्यक नरहेको बताए। सचिव भट्टराईले गठबन्धनको सरकारले काम गर्न नसकेको बताउँदै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्नेमा जोड दिए।

‘अहिलेको यो गठबन्धन सरकाले यो चार/पाँच महिना बिताएको छ। यो चार/पाँच महिनाको अनुभव के भयो भने यस्ले राज्यको सबै निकायहरुलाई ध्वस्त बनायो। कार्यपालिका अब भागबन्डामा छ। यस्मा कुनै नियम छैन, कानून छैन। त्यसका कुनै आचारसंहिता पालना भको छैन। बेतिथिहरु बढिरहेको छ। लगाम छैन,’ भट्टराईले भने।

उनले थपे, ‘संसदलाई बन्धक बनाईरहेका छन् र न्यायपालिकालाई यो सरकारले नांगैझार बनाएका छन्। न्यापालिको गरिमालाई, इज्जतलाई, प्रतिष्ठालाई अझै गिराउने काम भईरहेको छ। र, यसरि राज्यका सबै अंगमा नकरात्मक परिस्थिति सृजना भएको छ। अब छिटो भन्दा छिटो ताजा जनादेशमा जानुपर्छ। र, नयाँ जनादेश प्राप्त गरेर लोकतान्त्रिक स्थायीत्व निर्माण गर्नुपर्छ।’

उनले छिटो भन्दा छिटो निर्वाचन गर्नुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे। सचिव भट्टराईले एमाले अब स्थानीय एवं संघीय चुनावको तयारीमा अघि बढेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP